निसान म्याग्नाइटको नयाँ सस्करण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभी निसान म्याग्नाइट अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुने कम्पनीेले जनाएको छ ।

कम्पनीका अनुसार निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम नियन्त्रण र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्छ । निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ । निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार निसान म्याग्नाइटमा नयाँ एएमटी सुविधा आउनुले निसानको निरन्तर इनोभेसनद्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधा झल्काउँछ ।

ADVERTISEMENT

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताका लागि निकै उपयोगी हुनेछ । यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्छ । कम्पनीले उक्त गाडी आजदेखि सुरु हुने नाडा अटो शोमा सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?