टेलिकमको टिकटक च्यालेन्ज

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत् उक्त च्यालेन्जमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई सहभागी हुन सकिनेछ । टिकटक च्यालेन्जमा असोज ७ गतेसम्म सहभागी हुन सकिनेछ । विजेताले नगद र अन्य पुरस्कार पाउनेछन् ।

ADVERTISEMENT

च्यालेन्जमा पहिलो विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् । सान्त्वना पुरस्कारका रूपमा १० जना सहभागीलाई पाँच सयको टपअप प्रदान गरिने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज