काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६१ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको कालीमाटीमा आयोजित खुला रक्तदान कार्यक्रममा कर्मचारीलगायत विभिन्न क्षेत्रका ५० रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदानका लागि डेढ सयभन्दा बढीले सहभागिता जनाएपछि ५० जनामात्रै रक्तदानका लागि योग्य देखिएकोले उपस्थिति सबैले रक्तदान गर्न नपाएको कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिनुभयो । झा का अनुसार नेपालको रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts