एमजी कमेट इभी र एमजी ४ इभी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पारा पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी ४ इभी सार्वजनिक गरेको छ । सो अवसरमा पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भन्नुभयो, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडल अत्यन्तै उपयुक्त हुन्छन् ।’

कम्पनीका अनुसार एमजी कमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो, जसले सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिन्छ । एमजी कमेट इभीमा डुवल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट राखिएको छ । त्यस्तै एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरलगायतका सुविधा पनि रहेका छन् । एमजीले कमेट इभीको हाई भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ भने हाई भोल्टेज ब्याट्रीमा एक लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी दिएको छ ।

ADVERTISEMENT

एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर हिृवल ड्राइभ हो, जसले सिंगल चार्जमा चार सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ भने एमजी ४ इभीका लागि हाई भोल्टेज ब्याट्रीमा एक लाख ५० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी रहेको छ भने हाई भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्ष वारेन्टी रहेको छ । एमजी ४ कम्फर्ट इभीको सुरुवाती मूल्य ४१.४९ लाख रहेको छ भने एमजी लक्जरी इभीको सुरुवाती मूल्य ५८.९९ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज