१८औं जी-२० शिखर सम्मेलन सम्पन्न, समीक्षा बैठक आगामी नोभेम्बरमा गर्ने प्रस्ताव

Read Time = 3 mins

नयाँदिल्ली । सदस्य संख्याका हिसाबले सम्भवतः संयुक्त राष्ट्रसंघ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी-२० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आइतबार सम्पन्न भएको छ । जी-२० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुअल) समीक्षा बैठक गर्ने प्रस्ताव गर्नुभएको छ । आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।

‘तपाईं सबैलाई ज्ञात छ नोभेम्बर २०२३ सम्म जी-२० अध्यक्षको जिम्मेवारीमा भारत छ । यी दुई दिनमा तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्ताव राख्नुभयो । ती विषयमा कसरी प्रगति गर्न सकिन्छ भनेर समीक्षा गर्नु हाम्रो कर्तव्य हो । आगामी नोभेम्बरको अन्त्यमा भर्चुअल बैठकका निम्ति म यहाँ प्रस्ताव गर्न चाहन्छु, आशा छ तपाईंहरू त्यसमा सहभागी हुनुहुनेछ । यससँगै जी-२० शिखर सम्मेलन समापन भएको घोषणा गर्दछु’, अन्तर्राष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको बताउँदै प्रधानमन्त्री मोदीले भन्नुभयो ।

ADVERTISEMENT

दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी-२० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गर्नुभयो । चक्रीय प्रणालीअनुसार जी-२० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी-२० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ । त्यसअघि इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरुवा हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?