सुनको मूल्य घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज