हिंसालाई गौरवान्वित गर्नु शान्ति र समृद्धिका लागि घातक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । शान्ति प्रक्रियालाई निष्कर्षमा नपुर्‍याई हिंसात्मक गतिविधिमा संलग्नहरूलाई सत्तामा पुर्‍याउनाले त्यसका अनेक सहउत्पादनहरू बढिरहेकोमा विज्ञहरूले चिन्ता प्रकट गरेका छन् । सबैखाले हिंसाको कारण र निवारण विषयका विज्ञवक्ताहरूले हिंसालाई गौरवान्वित गर्नाले देशमा शान्ति र समृद्धि दुवै नै असम्भव जस्तो भएको विचार प्रकट गर्दै यतिखेर नागरिकको सुरक्षाको जिम्मेदारी लिन निर्मित राज्यमा नागरिकहरू असुरक्षित भएका कारण राज्यविहीन भएको अनुभव हुन लागेको समान धारणा प्रकट गरेका थिए ।

जय नेपाल समूहको आयोजनामा सम्पन्न कार्यक्रममा वोल्दै पूर्व-सभामुख दमननाथ ढुंगानाले भन्नुभयो, ‘हिजोको प्रणालीका विरुद्ध परिवर्तनमा सहभागी युवाहरूले के पाए ? अपांगता भएकाहरूदेखि विस्थापितहरूको व्यवस्था के भयो ? अन्यायमा परेकाहरूलाई न्याय मिल्यो कि मिलेन ? त्यसको उत्तरमा मात्रै हिंसाको कारण र समाधान फेला पर्ने हुनसक्छ । दुर्भाग्यवश यी प्रश्नहरू प्रतिदिन सशक्त भएर उठिरहेका हुनाले हिंसात्मक सोचले प्रश्रय पाएको देखिन्छ । तर, जुन रूपमा भए पनि हिंसा गलत नै हो ।’

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व–सभामुख तारानाथ रानाभाटले ०४४ मा भूमिगत गिरोहका विरुद्ध सशक्त आवाज उठाउनुहुने पत्रकार पदम ठकुराठीलाई सम्मान गर्दै भन्नुभयो, ‘हिंसाको जरो नउखलेसम्म विकास हुँदैन र राज्य प्रणाली पनि स्थायी हुन सक्दैन ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त प्राध्यापक कपिल श्रेष्ठले मानव अधिकारको दृष्टिमा हिंसाको कुनै भविष्य नहुने र हिंसाले मानिसको बाँच्न पाउने अधिकारको हननसमेत गर्ने हुनाले कुनै पनि नाममा यो वर्जनीय रहेको स्पष्ट गर्नुभयो ।

ADVERTISEMENT

वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले पदम ठकुराठी प्रकरणदेखि अहिले महेन्द्र यादवसम्मका कुनै पनि हिंसात्मक घटनाहरू निन्दनीय रहेको हुनाले राजनीतिका नाममा, सहकार्य र एकताका नाममा यस्ता घटनाहरूका दोषीमाथि कारबाही गर्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘०५२ साल यताको सशस्त्र हिंसा र अन्य विधि हिंसाका घटनाबाट जिम्मेदारहरूलाई उन्मुक्ति दिने कामले हिंसालाई गौरवान्वित गर्दै छ । यस अवस्थाको अन्त्य गरिनु पर्दछ ।’

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै भएको सांघातिक आक्रमण निन्दनीय भएको र यसले समाज निरन्तर नकारात्मकतातर्फ उन्मुख रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकार भएको अनुभूति दिन तत्काल गम्भीर हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले महेन्द्र यादवमाथिको आक्रमण नेपाली कांग्रेस र वर्तमान परिवर्तनका विरुद्ध समेतको आक्रमण ठान्नुपर्ने विचारका साथ यसमा सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो । सभापति रायमाझीले बुद्धको वाणीद्वारा प्रेरित भएर हिंसाविरुद्ध कार्यक्रम राखेको बताउँदै यस्तो कार्यक्रमले मानिसहरूमा शान्तिप्रति अभिप्रेरित गर्ने अपेक्षा गर्नुभयो । कार्यक्रममा सम्मानित ठकुराठीसहित नेपाली कांग्रेस र एमाले आबद्ध विभिन्न युवा बुद्धिजीवीहरूले समेत हिंसाको भत्र्सना गर्दै शान्तिका पक्षमा विचार प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?