नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताउनु भएकाे छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ।’
नुवाकोट खाद्यन्नमा आत्मनिर्भर रहेको उहाँको भनाइ थियो। यसका साथै निर्यातका वस्तु धेरै रहेको उहाँले बताउनु भयो। ुकृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ। कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं। कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं,’ उहाँले भन्नुभयो ।
कृषि उत्पादन, फलफूल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना रहेको उनले प्रस्ट पारे। 'त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ । महिला दिदी बहिनीहरुकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौं,' उहाँले भन्नुभयो। त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने मन्त्री डा। महतले बताउनु भयो।
बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवकोटमा अवरुद्ध उहाँले बताउनु भयो। 'पहिला लगानी भएको थियो, बीचमा अबरुद्ध भयो। अहिले सुरु हुन थालेको छ। त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ। गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ,' उहाँले भन्नुभयो ।






