काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले नाडा अटो शोमा भारतमा अत्यधिक माग रहेको साथै नेपालमा सर्वाधिक चासो र पर्खाइमा रहेको बहुप्रतिक्षित फोर्स कम्पनीको अरबानिया माइक्रो बसको अनावरण तथा बुकिङ खुला गरी बिक्री सुरु गर्ने भएको छ । खासगरी पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठूला कम्पनी, कूटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थालाई उक्त माइक्रोबस उपयुक्त रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अरबानिया माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।
ड्युल एअर ब्यागयुक्त गाडीमा एरोडाइनामिक क्र्यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्क्रिन बडी कन्सट्रक्सन, स्टाइलिस डिआरएल हेड ल्याम्प, न्यु ट्रान्सफर लिफ, ट्रिपल एसी, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपिक स्टेरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड चार्जिङ पोर्ट, सेन्ट्रल डोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामेरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसिबल स्टेरिङ कोलुमलगायतका रहेको बताइएको छ । स्लाइडिङ डोरसहितको तीन ढोकायुक्त बस १४ र १८ सिट क्षमतामा उपलब्ध रहेको छ । बसको प्रारम्भिक मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै नाडा अटो शोमा बुकिङ गर्नेका लागि कम्पनीले आकर्षक छुट दिने भएको छ ।






