यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला महत्वपूर्ण १५ निर्णय‍‍….

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको नियमित बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माका अनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा दिवसका अवसरमा दिईंदै आएको पुरस्कारलाई यस वर्षपनि निरन्तरता दिने निर्णय गर्दै ४० जना निजामती कर्मचारीको नामसमेत छनोट गरेको छ ।

ADVERTISEMENT

बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ आठ गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटवाल, कार्यकारी निर्देशक (प्रशासन तथा वित्त) मा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक (वातावरण)मा सहसचिव रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक (कानून)मा इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय गरेको छ ।

साथै सरकारका तीन सचिवको सरुवा गर्ने निर्णय गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *