हिक्मत कार्कीले आज मुख्यमन्त्रीको शपथ लिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशको मुख्यमन्त्रीको शपथ लिने हुनुभएको छ ।

बिहीबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका उद्दव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै कार्की मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।

मुख्यमन्त्रीको शपथ ग्रहणसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । स्रोतका अनुसार कार्कीले आजै तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

ADVERTISEMENT

सर्वोच्च अदालतले ठूलो दलको हैसियतले ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो । जसअनुसार एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका कार्की मुख्यमन्त्री बन्न लागेका हुन् ।

बिहीबार सर्वोच्चका न्यायाधीशत्रय नहकुल सुवेदी, कुमार चुडाल र सपना प्रधान मल्लको पूर्ण इजलासले उद्धव थापा नेतृत्वको सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *