काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)को मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०, भारतीय गोलभेडा सानो ३५, टनेल गोलभेडा सानो ३८, लोकल गोलभेडा सानो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ८० रुपैयाँ तथा आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती १८० रुपैयाँ तथा भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ९०,अदुवा प्रतिकेजी १५० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १४०,अनार ३००, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, हरियो खुर्सानी अकबरे १५०, रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, परवर ६०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २५०, रुख कटहर ९०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०,फूजी स्याउ ३२०, अम्बा १००,मौसम १५०, जुनार ३२०,अमला १२०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०,कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts