ट्रम्पका विशेष सहयोगी दोषी ठहर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

न्युयोर्क । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार पिटर नाभारोले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिन गर्ने प्रतिनिधि सभाको समितिलाई सहयोग गर्न अस्वीकार गरेका छन्। जसका कारण उनी कांग्रेसको अवहेलनाको अभियोगमा दोषी ठहर भएका हुन् ।

ह्वाइट हाउसका पूर्व सल्लाहकार स्टिभ ब्याननपछि कांग्रेसको अवहेलनाको आरोपको सामना गर्ने नभारो दोस्रो ट्रम्प सहयोगी हुन्। यसअघि ब्याननलाई दुईवटा मुद्दामा दोषी ठहर गरी चार महिनाको जेल सजाय सुनाइएको थियो, यद्यपि उनी पुनरावेदनमा रिहा भएका थिए।

न्यायाधीश अमित मेहताले नवारोलाई जनवरी १२ का लागि सजाय तोकेका हुन् । उनलाई वासिङ्टनको संघीय अदालतले कांग्रेसको अवहेलनाको दुईवटा मुद्दामा दोषी ठहर गरेको थियो। यी दुवै मुद्दामा एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

ADVERTISEMENT

स्मरण होस, अमेरिकी संसद र यसको वरपरको क्षेत्रलाई क्यापिटल हिल भनिन्छ। अमेरिकामा सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता जो बाइडेनसँग हार बेहोरेको थिए । ट्रम्पले आफ्ना समर्थकहरूलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाएका छन् र आफ्ना समर्थकहरूलाई एकजुट हुन अपील गरेका छन्।

यसपछि जनवरी ६, २०२१ मा क्यापिटल हिल क्षेत्रमा करिब दुई हजार मानिस भेला भए र ट्रम्पको उत्तेजक वक्तव्य पछि भीडले क्यापिटल हिलमा आक्रमण गरेको आरोप छ ।

यस क्रममा ठूलो संख्यामा प्रदर्शनकारी ब्यारिकेड तोडेर अमेरिकी संसदमा प्रवेश गरेका थिए । घटनाको समयमा क्यापिटल हिलमा धेरै ठूला नेता र अधिकारीहरू उपस्थित थिए। तर, सुरक्षाकर्मीले प्रदर्शनकारीलाई क्यापिटल हिलबाट बाहिर निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?