नागरिक उड्डयनको बजेट साढे ३६ अर्ब

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । गत आर्थिक वर्ष ४१ अर्ब ६५ करोड बराबरको बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस वर्षको बजेट पाँच अर्ब १९ करोडले घटेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माण सम्पन्न भएकाले बजेट घटेको उहाँको भनाइ थियो । क्यानले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र छ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गरिने जनाएको छ । बैंकमा मौज्दात रहेको छ अर्ब ६४ करोड, सरकारबाट पाउनुपर्ने मूल्य अभिवृद्धि करबापत दुई अर्ब ३४ करोड र साउन १ को पेस्कीबापतको मौज्दात चार अर्ब ८५ करोड रुपैयाँ गरी ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको क्यानले जनाएको छ ।

क्यानले पुँजीगतर्फ १९ अर्ब तीन करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ भने कर्मचारीसम्बन्धी खर्चतर्फ दुई अर्ब ११ करोड ७१ लाख, कर्मचारी अवकाश भुक्तानीतर्फ ५३ करोड ३० लाख र अन्य कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३४ करोड ७१ लाख गरी २६ अर्ब तीन करोड ६० लाख रुपैयाँ रहेको छ ।

मूल्य अभिवृद्धि कर भुक्तानीतर्फ ८२ करोड १८ लाख, कर्मचारी अवकाश कोष तथा अन्य भुक्तानीतर्फ २० करोड ३० लाख, सरकारलाई लाभांश भुक्तानीतर्फ २९ करोड ९२ लाख, सरकारको ऋणको साँवातर्फ दुई अर्ब ९३ करोड ६७ लाख, सरकारको ऋणकोे ब्याज भुक्तानीतर्फ एक अर्ब ७१ करोड, कर्मचारी बोनसतर्फ पाँच करोड ८९ लाख वितरण गर्ने उल्लेख छ ।

ADVERTISEMENT

वायुयान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड, आयकर व्यवस्थापनमा दुई अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा एक अर्ब ६३ करोड गरी ३६ अर्ब ६६ करोड दुई लाख रुपैयाँ विनियोजन गरेको छ ।

नागरिक उड्डयनको विकास तथा विस्तार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउनेलगायत बजेटका मुख्य उद्देश्य रहेको क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज