चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै

Read Time = 4 mins

बेइजिङ । चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहनु भएका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणामा सिपिसी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाङको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार घोषणा गर्नुभएको हो ।

उत्तर कोरियाली अधिकारीले पनि चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल यसै साता प्योङयाङको भ्रमणमा जाने बताएका छन् । उत्तर कोरियाले शनिबार प्योङयाङमा ७५औं स्थापना दिवस विशेष समारोह आयोजना गर्दैछ । त्यस अवसरमा आणविक शक्तिराष्ट्रले विशाल सैन्य कवाजसमेत आयोजना गर्ने सम्भावन रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार बेइजिङबाट प्योङयाङ प्रस्थान गर्नेछ ।

बेइजिङ उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी एवं आर्थिक साझेदार हो । सन् १९५० को दशकदेखि नै दुवै देशबीचको मैत्री सघन भएको हो । उत्तर कोरियाले कोभिड-१९ महामारीका बेला आफ्नो अन्तर्राष्ट्रिय सिमाना बन्द गरेपछि बाहृय विश्वसँगको सम्बन्ध र भ्रमण आदानप्रदान शून्यप्रायः भएको थियो ।

ADVERTISEMENT

दुई महिनाअघि रुसका रक्षामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल राजधानी प्योङयाङमा भएको सैन्य कवाजमा भाग लिन गएको थियो भने तीन वर्षपछि पहिलोपटक उत्तर कोरियाली अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत महिना बेइजिङमा अवतरण भएको थियो । उत्तर कोरियाली खेलाडीको एउटा टोली पनि हालै कजाकिस्तान प्रस्थान गरेको थियो ।

विरलै विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम जङ उन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार वासिंटनमा भएको नियमित ब्रिफिङमा दुवै नेताबीच हतियार आपूर्तिबारे वार्ता हुने सूचना आफूसँग रहेको दाबी गर्दै युक्रेन युद्धमा प्योङयाङले हतियार उपलब्ध गराएमा त्यसको मूल्य उसले चुकाउनुपर्ने चेतावनी पनि उहाँले दिनुभएको थियो । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?