एक सय छत्तीस दिनमा चार हजार किलोमिटर

Read Time = 2 mins

नयाँदिल्ली । कांग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उहाँले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा नेता गान्धीले ‘देशमा एकता र स्नेह प्रवद्र्धनका साथै समुज्ज्वल भविष्यका निम्ति करोडौं पाइला’ शीर्षकामा राख्नुभएको तीन मिनेटको भिडियोमा भारत एकताबद्ध नभएसम्म र देशबाट घृणा लोप नभएसम्म भारत जोडो यात्रा जारी रहने बताउनुभएको छ । उहाँले भारत जोडो यात्रालाई निरन्तरता दिने ‘वाचा’ पनि गर्नुुभएको छ ।

ADVERTISEMENT

सामाजिक सञ्जालमा राखिएको भिडियोमा नेता गान्धीका १३६ दिने यात्राका क्रममा अभिलेख गरिएका पदयात्रा, स्थानीय तहका पार्टीका कार्यकर्ता र सामाजिक संघसंगठनका नेता तथा अभियन्तासँगका भेटवार्ता, आमसभाका दृश्य समावेश गरिएका छन् । अभियानको वार्षिकीका अवसरमा कांग्र्रेस नेताहरूले देशभर बिहीबार विविध कार्यक्रम आयोजना गरेका छन् तर ती कुनै पनि कार्यक्रममा नेता गान्धीको उपस्थिति थिएन । उहाँ साताव्यापी युरोप भ्रमण हुनुहुन्छ । युरोपमा रहँदा उहाँले त्यहाँ रहेका भारतीयसँग छलफल गर्ने कार्यक्रम छ । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज