भोजपुर । श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा भोजपुर सदरमुकाम सहित जिल्लाका बिभिन्न स्थानहरुमा स्थानीयको उत्साहजनक सहभागितामा बिहिवार बृहत रथयात्रा निकालिएको छ ।
सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा बिभिन्न झाँकीहरु सहित निकालिएको रथयात्रामा उत्साहजनक सहभागीता देखिएको छ । भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिन्छ । सर्वसाधारणहरु ठुलो संख्यामा आफनो नियमित कामकाज छोडेर यो रथ यात्रामा सहभागी हुने गर्छन ।
भोजपुर बजार क्षेत्रहरुमा रथयात्रा परिक्रममा गरिएको छ । लाखे नाच, बिभिन्न देवी देवताकारुपमा निकालिएका बालबालिकाहरु, परम्परागत ठाकठुके नाच, भजन कृतनले छुटै आर्कषण देखिएको थियो । भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमबाट समेत लाखे, ठाकठुके नाच र भजनहरु निकालेको थियो ।
परम्परागतरुपमा चल्दै आएका धर्म संस्कृतिको संरक्षणमा बोखिमवासी पनि लाखे परेको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । सदरमुकाम सहित दाँवा, दिंला, टक्सार लगायतका क्षेत्रमा पनि रथयात्रा सहित बिभिन्न प्रस्तुतीहरु देखाईएको छ ।














This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts