निःसन्तान केन्द्र आइभिएफ सातौँ वर्षमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निःसन्तान क्लिनिक वात्सल्य आइभिएफ सातौँ वर्षमा प्रवेश गरेको छ । बुधबार संस्थाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सातौँ वार्षिकोत्सव मनाएको हो । वात्सल्य आइभिएफले तीन हजारभन्दा बढी दम्पतीलाई आइभिएफ प्रविधिमार्फत् सन्तान प्राप्तिको खुसी दिइरहेको संस्थाले जनाएको छ ।

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आइभिएफ सफलतादर निरन्तर हासिल गर्दै आएकोे क्लिनिकमा हालसम्म सात हजारभन्दा बढी दम्पतीले सन्तान लाभ(तीन हजार आइभिएफ, १८ सय आइयुआई, २२ सय नेचुरल प्रेग्नेन्सी) गरिसकेको क्लिनिकले जनाएको छ ।

ADVERTISEMENT

आइभिएफका अनुसार निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ, त्यसैले उपचार अवधिमा आधुनिक पद्धतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको हो । नेपालबाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलियाजस्ता अन्य मुलुकबाट पनि सेवाग्राही आउने गरेको आइभिएफका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज