सुरक्षा कोषद्वारा पाँच अर्ब बढी भुक्तानी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत पाँच अर्ब ६७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो ।

योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई ६५ करोड ८२ लाख ५० हजार रुपैयाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाबापत तीन सय ९३ योगदानकर्तालाई नौ करोड २० लाख रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत चार अर्ब ८४ करोड ३२ लाख १७ हजार रुपैयाँ भुक्तानी गरेको छ । कोषका अनुसार हालसम्म ४१ अर्ब एक करोड रुपैयाँ योगदान संकलन भएको छ भने सात लाख ५७ हजार योगदानकर्ता सूचीकृत भएका छन् ।

औपचारिक क्षेत्रका चार लाख ४१ हजार पाँच सय ७६, वैदेशिक क्षेत्रका तीन लाख एक सय ५४ हजार चार सय ७७, अनौपचारिक क्षेत्रका एक र स्वरोजगार क्षेत्रका १९ जना श्रमिक तथा १८ हजार दुई सय ५२ रोजगारदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज