उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा(तस्वीरसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको मैतिदेवी मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको छ।

मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको अवसरमा  उपमेयर डंगोलले  मन्दिरमा नै पुगेर पूजा अर्चना गर्नुभयो ।

पूजा गर्दै उपमेयर डैगोलले सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाचले भोलीका दिनमा पनि निरन्तरता पाउने कुरामा आँफु विश्वस्त भएको बताउनु भयो । भदौ ४ गतेदेखि सुरु भएको लाखे नाच १६ दिनसम्म चल्ने मैतीदेवी युनाईटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिनुभयो । संस्कृति बचाउने एक मात्र उदेश्यले संचालनमा ल्याइएको मैतीदेवीको लाखे नाचको भित्री कथा भने भिन्न छ ।

सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर अहिले आएर आजबाट संचालनमा आएको स्थानीय बासिन्दाहरु बताउँछन् । यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाई सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाईटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ ।

ADVERTISEMENT

जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरि लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद्ध कृष्ण निरब शाही बताउँछन् । लाखे नाचको ठाउँ अनुसार आआफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ । अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुक्याएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो भन्ने किंवदन्ती छ । खासमा लाखेले स्थानीयलाई अनाहकमा दिएको दुखपछि लाखेलाई वध गर्नुपर्नेसम्मको अवस्थामा स्थानीयहरु पुग्न बाध्य हुन्छन् । र पछि सोही सम्झनामा नागपंचमीको दिनदेखि कृष्णअष्टमीको दिनसम्म लाखे नाच नाच्ने परम्परा रही आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज