काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्सले आफ्नो ख्यातिप्राप्त चाउचाउ वाइवाइ इण्डियाको ब्राण्ड एम्बेसडरमा बलिउड सुपरस्टार आयुष्मान खुरानालाई नियुक्त गरेको छ । विगत २५ वर्षदेखि युवामाझ विशेष स्थान बनाउन सफल वाइवाइले खुरानासँगको सहकार्यले युवामाझ थप उत्साह जगाउने र वाइवाइको बजार विस्तार हुने विश्वास व्यक्त गरेको छ । ‘वाइवाइ वाला टेस्ट’ थिम एवं ट्यागलाइनको यस सहकार्यले किशोरकिशोरी, युवा र ‘वर्किङ प्रोफेसनल’सँगको सम्बन्ध अझै प्रगाढ बन्ने कम्पनीको भनाइ छ ।
सिजी फुड्स एण्ड सिजी कर्प ग्लोबल इण्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले खुरानासँग सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताउनुभएको छ । खुरानासँग छोटो समयमै सहकार्य गर्न पाएको खुसी व्यक्त गर्दै भारतीय बजारमा वाइवाइको नेतृत्वदायी स्थिति सुनिश्चित राख्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
सुपरस्टार खुरानाले युवाहरूले अत्यधिक रुचाएको वाइवाइजस्तो ब्राण्डसँग आबद्ध हुन पाउनु खुसीको विषय भएको बताउनुभएको छ । वाइवाइले प्रदान गर्ने जीवन्त र फरक किसिमका उत्पादनले अरूभन्दा फरक बनाउने उहाँको भनाइ थियो । नेपालमा आधारित बहुराष्ट्रिय कंग्लोमेट सिजी कर्प ग्लोबलको २७ भन्दा बढी देशमा एक सय ६० भन्दा बढी कम्पनी र एक सय २३ भन्दा बढी ब्राण्ड रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच