काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजी इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकले भिजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित हृयाभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि तीन कार्यदिनभित्र बैंकले सहज रूपमा सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।
सम्झौता पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भिजी इम्पेक्स प्रालिका उपाध्यक्ष रूपेश शर्मा भट्टले हस्ताक्षर गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts