काठमाडौं । भेस्पा र अप्रिला स्कुटरको नेपालस्थित आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले सोमबार काठमाडौंको टेकुमा शोरुम स्थापना गरेको छ । शोरुम उद्घाटन डेल्टा अटोकर्वका अध्यक्ष पुलकित भिमसरिया, निर्देशक विवेक शिकारिया, केतक भिमसरिया र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले गरेका थिए ।
डेल्टा अटोकर्वका प्रमुख कार्यकारी अधिकृत महतोले ग्राहकलाई सहज सुविधा दिन नयाँ शोरुम र सर्भिस सञ्चालनमा ल्याएको बताउनुभयो । डेल्टा अटोकर्वले काठमाडौ उपत्यकाका विभिन्न ठाउँ र उपत्यकाबाहिर ५० भन्दा बढी स्थानमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts