प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैनः डा. कोईराला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उहाँको भनाई थियो । पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोईरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताउनु भयो ।

ADVERTISEMENT

नेता कोईरालाले भन्नुभयो, ‘देश अराजकतातिर बढ्न गएको भन्ने खवर २÷३ दिन पहिले कहिले हो ? काठमाडौंका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरुलाई गम्भिर रुपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरुले पनि लिनुपर्छ ।’

नेता कोईरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिनुभयो । उहाँले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *