तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कार्की दम्पति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-राजकुमार कार्की
ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. १२ का दल बहादुर कार्की र श्रीमती लक्ष्मी कार्की तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । आफ्नो जग्गा र केहि जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका दम्पतीले यो वर्ष देखी राम्रो आम्दानी गर्न शुरु गरेका हुन् ।

१२ वर्ष लामो समय बैदेसिक रोजगारी मलेसियामा बसेर काम गरेका कार्की अहिले घरमै बसेर तरकारी खेतीमा लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ ; “बिदेश बसेर कमाएको पैसाले ओखलढुंगा बजारमा दुइवटा घडेरी जोडेँ, अब जीविकोपार्जन र छोरा पढाउनको लागी केही आम्दानी होलाकी भनेर तरकारी खेती गर्न थालेको हुँ ।” चारजनाको परिवार रहेको उहाँका दुई छोराहरु (जुम्ल्याह) अध्ययनको लागि यसपाली देखि काठमाण्डौ गएका छन् भने श्रीमान श्रीमती भएर तरकारी खेती गरिरहेका छन् । जुम्ल्याह छोरा लबकुश यसपालीको एसईई पास गरेर आइटी पढ्नको लागि बनेपा गएका छन् । तरकारीबाट भएको आम्दानीले छोराहरुको पढाई खर्च र सामान्य घर खर्च गर्नको लागी समस्या नभएको बताउनु भयो ।

सिजनको बेलामा हप्तामा करिब १ क्विन्टल जती टमाटर उत्पादन हुने र अरुबेलामा पनि सालाखाला ६०।७० केजी जती उत्पादन गरिरहेको बताउनु भयो । टमाटरको अलवा सिजन अनुसारको तरकारी लगाईरहेको छ । अकबरे खुर्सानी, तिते करेला भण्टा, चिचिन्डो, फर्सी लगायतका तरकारीहरु लगाउने गरेका छन् । टमाटरबाट अलि बढी र राम्रो आम्दानी हुने गरेको र अन्य तरकारीबाट भने सामान्य आम्दानी भईरहेको बताउनु भएको छ । तरकारी बिक्रीबाट मासिक लगभग २५ देखी ३० हजार सम्मको आम्दानी हुने गरेको छ । ३ वटा टनेलमा टमाटर फलिरहेको छ, अब ५ सय भन्दा बढी बिरुवा रोप्न तयार भईरहेको छ । रोग किराबाट पनि क्षति भईरहेको छ, सबै भन्दा बढी क्षति बाँदरले गर्ने गरेको उहाँको गुनासो छ ।

ADVERTISEMENT

आफुसँग भएको जग्गा र ३० रोपनी जती भाडामा लिएर तरकारी खेती शुरु गरिएको छ । भाडामा लिएको जग्गा घरबाट केहि टाढा भएकाले लगाएको तरकारी बाँदरबाट जोगाउन समस्या भएको छ । प्रायः एक जनाले बिहानदेखी बेलुका सम्म नै बाँदरबाट जोगाउन तरकारी रुङ्नु पर्ने हुन्छ। २ हजार २५ सयको हुल बाँदर आएर तरकारीका बिरुवा भाँचीदिने, उखाल्ने गरेकोले बाँदरबाट जोगाउन ठुलो समस्या भएको गुनासो छ । रोग लागेको बेलामा के रोग लागेको हो, यसको निदानका लागी के औषधी प्रयोग गर्ने भन्ने जानकारी (सल्लाह) दिने मान्छे नभएकाले राम्रो उत्पादन लिन नसकेको गुनासो गर्नुभयो ।

तरकारी उत्पादन गर्न समस्या नभए पनि बाजारको भने समस्या भएको बताएका छन् । ओखलढुंगा सदरमुकाम लाग्ने हटियामा ल्याएर बिक्री गर्ने गरिएको छ । सदरमुकाममा हप्ताको बुधबार र शनिबार दुइपटक हटिया (हाट) लाग्ने गरेको छ । करिब दुई घण्टाको पैदल बाटो बाट डोकोमा लगेर बेच्ने गरेको बताएका छन् । डोकोमा बोकेर लगेको तरकारी कहिलेकाँही सबै बिक्री हुने गरेको र कहिले सबै बिक्री नहुने गरेको बताएका छन् । हाटमा बिक्री नभएको तरकारी भैसीलाई दिने गरिएको छ । एउटा भैंसी एक हल गोरु र बाख्रा खसी पनि पालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?