काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । वीर अस्पतालका डाइरेक्टर सन्तोष पौडेलका अनुसार सर्जिकल भवनको तलाबाट ति पुरुषले हाम फालेपछि मृत्यु भएकाे हाे ।
सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।
काठमाडौं प्रहरी परिसर अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।






