युक्रेनका रक्षामन्त्री ओलेक्सी बर्खास्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मस्को। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई पदबाट हटाएका छन्।

डेढ वर्ष अगाडि सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण अतिक्रमण थालेको समयभन्दा पहिलेदेखि नै रेज्नीकोभले युक्रेनको रक्षामन्त्री पद सम्हालिरहेका थिए।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनका बेला राष्ट्रपति जेलन्स्कीले रक्षामन्त्रालयमा अब ‘नयाँ शैली’ अपनाउनुपर्ने समय आएको बताए। ‘मन्त्रालयले नयाँ शैली अपनाउनुपर्ने तथा सेना एवं समग्र समाजसँग अन्य माध्यमका अन्तर्क्रिया गर्नु पर्ने आवश्यकता रहेको मेरो विश्वास छ,’ जेलेन्स्कीले भने।

ADVERTISEMENT

रेज्नीकोभको ठाउँमा जेलेन्स्कीले हाल युक्रेनमा निजीकरण कार्यक्रम चलाइरहेका रुस्तेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनयन गरेका छन्। तर उक्त मनोनयनलाई युक्रेनी संसद्ले अनुमोदन गर्न बाँकी छ।

उमरोभले रुसी आक्रमणको प्रारम्भिककालमा भएका शान्ति वार्ताहरूमा युक्रेनको प्रतिनिधित्व गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज