काठमाडौं । केटिएम एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल ल्याएर नयाँसँग साट्न पाइने भएको छ । कम्पनीले भदौ २२ गतेसम्मका लागि एक्सचेन्ज अफर ल्याएको छ ।
केटिएमको नक्सालस्थित शोरुममा सञ्चालन हुने एक्सचेञ्ज क्याम्पमा पुरानो बाइकको मूल्यांकनमा थप १५ हजार अतिरिक्त प्रदान गरेर नयाँ मोटरसाइकल उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
त्यसबाहेक नयाँ बाइक किन्ने ग्राहकका लागि ५० प्रतिशत डाउन पेमेण्ट सुविधा पनि रहेको छ । नगदमै बाइक किन्नेले पनि १० हजार छुट सुविधा पाउने र फाइनान्स सुविधा लिनेका लागि पाँच हजार छुट हुने बताइएको छ ।






