सापकोटाको चलचित्रमा भुसाल र मिश्र

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र पत्रकार संघका महासचिव तथा निर्माता रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको एक चलचित्रमा मुकुन भुसाल मुख्य भूमिकामा अनुबन्ध हुनुभएको छ । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा मिलन मिश्रको पनि अभिनय रहने जनाइएको छ । उहाँले यही चलचित्रबाट डेब्यू गर्न लाग्नुभएको हो । मुकुन र मिलनको अपोजिटमा दुईजना अभिनेत्रीको खोजी भएरहेको निर्माता सापकोटाले बताउनुभयो ।

ADVERTISEMENT

नवीन भट्टको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्रमा सुनील निउरेको पटकथा तथा संवाद रहनेछ । कथा सापकोटा स्वयंको हो । ज्ञानेन्द्र शर्मा हुमागाईंंको छायांकन रहने यस चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । असोजको पहिलो साताबाट चलचित्र छायांकन हुने निर्माता सापकोटाले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?