प्रत्येक हिन्दुहरू सडकमा नआएसम्म हिन्दुराष्ट्र कायम हुँदैन : अध्यक्ष लिङ्देल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । सम्पूर्ण ॐ कार परिवारको आयोजनामा बुटवलमा वृहत् गौरक्षा र्‍याली सम्पन्न भएको छ । केही दिन अघि धरानमा गोरु काटेर सामुहिक भोजको आयोजना गरी भिडियो पोष्ट गरेर सम्पूर्ण ॐकार एवं हिन्दु धर्मावलम्बीहरुलाई ठोस पु-याएको एवम् नेपालको कानुनलाई समेत चुनौती दिदै गरिएको गतिविधि प्रति बिरोध गर्दै विभिन्न माग सहित बिरोध र्‍याली निकालिएको थियो ।

र्‍यालीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट ५१ वटा धार्मिक संघसंस्थाले सहभागिता जनाएका थिए । गोहत्या बन्द गर ! हिन्दु राष्ट्र कायम गर ! जय जय गोरख जय जय काली ! हिन्दु राष्ट्र यसै पाली ! गोवंशको रक्षा गर ! धर्मान्तरण वन्द गर ! गोचरणको व्यवस्था गर ! आदि नाराहरु र्यालीमा सहभागीले लगाएका थिए ।

कामधेनु गौधाम भलुहीका संस्थापक गोब्रती योगी सोमराजको संयोजकत्वमा सम्पन्न कार्यक्रम बुटवलको राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देलले स्वतन्त्र रूपमा जागेको बुटवलको जागरणलाई आफ्नो संगठनको समर्थन् रहेको भन्दै अब प्रत्येक हिन्दुहरू सडकमा नआएसम्म हिन्दुराष्ट्र कायम नहुने कुरा वताउनु भयो।

धर्म जागरण नेपालका संयोजक एवं पूर्वसांसद शंकरप्रसाद पाण्डेले यो वुद्दको भुमि अंग्रेजलाई परास्त गरेको जितगढी किल्लाको क्षेत्रमा भएको कार्यक्रमले अब देशभर एउटा जागरण ल्याउने वताउनु भयो । संघीय सांसद ज्ञानेन्द्र शाहीले गौहत्यालाई कारबाही नगरे आफूहरु अब संसद अबरूद्ध गर्न पनि पछि नपर्ने कुरा व्यक्त गर्नु भयो।

ADVERTISEMENT

त्यस्तै राप्रपा नेपालका उपाध्यक्ष रविन्द्र मिश्रले अमेरीका,वेलायत लगायतका कयौ देशमा राष्ट्रिय जनावरलाई कसैले सानो कष्ट मात्र पुर्याएमा पनि जेल जानुपर्ने कानुन रहेको भन्दै यहाँ ९० प्रतिशत भन्दा धेरैले माताको रुपमा पुज्ने संविधानत राष्टिय जनावर गाई गोरुको सामुहिक हत्या गरी भोज गर्दा समेत कारवाही नहुनु दुखद कुरा भएको वताउनु भयो।

कामधेनु गौधाम रुपन्देहीका संरक्षक तथा र्यालीका संयोजक गोब्रती योगी सोमराजले अब हिन्दुहरु चुप लागेर बस्नु हुदैन सबै जागेर हामी सबैको आस्थाको प्रतिक गाईको रक्षा गर्नुपर्ने र देशभर गौशाला स्थापना गरी गाईको सरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो।
सभामा गोसंरक्षक बाबा योगिराज, विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्री, हिन्दु धर्मरक्षा परिषद्का अध्यक्ष नारायण खनाल, विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो. जनार्दन न्योपाने महाकाल युवा शक्ति रुपन्देहीका अध्यक्ष धर्मराज विश्वकर्मा, किरात लिम्बु समाज रुपन्देहीका अध्यक्ष लिलाधर किरात राई, वैदिक धर्म परिषद्का पं.पुरुषोत्तम पाण्डे, विश्व शान्ति कामना परिवारकी हरिदासी माता, कथावाचक भीमकान्त भागवत,गौशाला संचालक एवम् गौरक्षक शिवशंकर गिरी लगायतले बोल्दै राज्यले गाइलाई राष्ट्रिय जनावर बनाएर पनि अपहेलना गरेको र ९२ प्रतिशतभन्दा बढी रहेका ॐकारको आस्थाको प्रतिक गोवंशको खुल्ला वधहुँदा समेत कारवाही नभएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा अझै शशक्त रुपमा अघि बढ्ने उद्घोष गर्नु भयो।

विरोध सभा र्‍यालीमा ५ हजारभन्दा धेरैको सहभागी भएको कार्यक्रमका सञ्चालक एवं प्रचार संयोजक कमल पौडेलले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?