रास्वपा संघीयता विरोधी पार्टी होइन : सभापति लामिछाने

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताउनु भएको छ ।

राजविराजमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले रास्वपालाई वर्तमान सङ्घीय शासन व्यवस्था विरोधीको रुपमा शंका गर्न नहुने तर्क गर्नु भयाे।

हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, लामिछानेले भन्नुभयाे, 'हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी हो कि भन्ने लागेको हुनसक्छ तर यस्तो होइन, स्पष्ट पार्न चाहन्छु, उहाँले भन्नुभयाे ।

प्रादेशिक संरचनाबाट आमनागरिक व्यवस्थामा जोडिन नसकेको टिप्पणी गर्दै लामिछानेले प्रादेशिक संरचनाबाट हाल भइरहेको सेवा प्रवाहमा ढिलासुस्ती र बेथिति बढेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे ।

ADVERTISEMENT

प्रादेशिक संरचना राजनीतिक भागबन्डा गर्ने अखडा बन्यो, उहाँले भन्नुभयाे, ' व्यवस्थालाई सपार्न सघायो कि सघाएन , आम नागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी छ, प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने बन्नुपर्यो , हामी खोजेको विषय यो हो ।'

बिग्रीएको जति दोष संरचनालाई थुपार्न नहुने बताउँदै अध्यक्ष लामिछानेले, शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकहरूमा भइरहेको बेथितिको अन्त्य नभएसम्म विश्वास गर्न सक्ने अवस्था चाहिँ नरहेको तर्क गर्नुभयाे । लामिछानेले वर्तमान प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकारबाही प्रति टिप्पणी गरिहाल्ने अवस्था नभएको बताउनुएको छ ।

'भ्रष्टाचार विरुद्धको केही राम्रा काम समेत गरेका छन्, कामै गरेको छैन भन्न मिल्दैन, उहाँले भन्नुभयाे, तर सत्तारूढ पार्टीका नेताहरूमाथि अनुसन्धानमा कन्जुस्याइँ गरेको जस्तो कतै देखिँदैछ, भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेताकार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिदैछ ।'

रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने बताउँदै अध्यक्ष लामिछानेले अहिले सरकारमा नजाने समेत स्पष्ट पार्नुभएको छ ।

पूर्व गृहमन्त्री समेत रहनुभएकाे लामिछाने मधेश प्रदेश स्तरीय २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटन गर्न शनिबार राजविराज आउनु भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?