अस्पतालको समस्याबारे मानव अधिकार आयोगद्धारा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्रचार

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले खोटाङ जिल्ला अस्पतालको समस्याका बारेमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्रचार गरेको छ ।

अस्पतालको समस्याका विषयमा जनमानसबाट आलोचना र लगातार समाचार प्रकाशन भएपछि १२ भदौबाट अस्पतालको अनुसन्धान तथा अनुगमन गरिरहेको आयोगले शुक्रबार(आज)ईमेलमाफर्त अस्पतालको समस्याका विषयमा मन्त्रालयलाई पत्रचार गरेको जानकारी प्राप्त भएको छ ।

आयागले मन्त्रालयलाई अस्पतालको यथार्थ समस्याको विवरणसहित सञ्चारमाध्यममा आएका समाचारको लिंक राखेर पत्रचार गरेका हुन् । पत्रमा अस्पतालको समस्या र समाधानका विषयहरु समाबेश गरिएको श्रोत बताउँछ ।

आयोगले नै गत बुधबार जिल्ला समन्वय समितिलाई अस्पतालका विषयमा आएको समाचार र समाचारमा देखाईएका समस्या बारे सत्यतथ्य जानकारी दिन पत्रचार गरेको थियो । समन्वयले हालसम्म जानकारी भने दिएको छैन ।

ADVERTISEMENT

अस्पतालको समस्यामाथि सुरु गरिएको अनुगमन र अनुसन्धान टुंगोमा नपुगेसम्म निरन्तर चलिरहने आयोगका प्रमुख उपसचिव गीता कुमारी दाहालले बताउनुभयो ।

७ भदौमा जिल्ला अस्पताल खोटाङको सेवालाई लिएर चौतर्फी आलोचना भएपछि सञ्चारमाध्यमहरुले अस्पतालको यथार्थ समाचार श्रृङखलाबद्ध बाहिर ल्याईरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?