बझाङ । स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ देउलिकोट स्थित केदार माध्यामिक विद्यालय देउलिकोट २०७८ साल पुस ४ गते देखि प्रधानाध्यापकविहीन अवस्थामा संचालन हुँदै आएको छ ।
प्रधानाध्यापक नहुँदा उक्त विद्यालयका शिक्षक वासुदेव जोशीले निमित्त प्रअको जिम्मेवारी लिएर काम गर्दै आएका छन् । तर निमित्त प्रअ भएर काम गरिरहेका जोशीले पनि राजनीतिक पुवौग्रहकै कारण नियम विपरित निमित्तको जिम्मेवारी पाउनु भएको हो । वि.स. ०७८ पुस ४ गते उक्त विद्यालयका नि.वर्तमान प्रधानाध्यापक ललितबहादुर सिंहको अवकास पछि निमित्त प्रअको जिम्मेवारी उक्त विद्यालयका वरिष्ट शिक्षक लालसिंह पुजारालाईले पाउनुपर्ने हुन्छ ।
शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ मा सामुदायिक विद्यालयको प्रधानाध्यापकले कुनैपनि कारण विद्यालयमा अनुपस्थित भएमा वा प्रधानाध्यापक पद रिक्त भएको खण्डमा प्रधानाध्यापक नियुक्ति नहुन्जेलसम्मका लागि त्यस विद्यालयको वरिष्ठ स्थायी शिक्षक निमित्त भई कामगर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार निमिक्त प्रधानाध्यापकको जिम्वेवारी उक्त विद्यालयका प्रथम श्रेणी मावि उच्च वरिष्ठ शिक्षक लालसिंह पुजाराले पाउनुपर्ने भएपनि विव्यस अध्यक्ष मान बहादुर बिष्टले आफु निकटका शिक्षक वासुदेव जोशीलाई निमित्त प्रअको जिम्मेवारी दिनुभएको हो । यस अघि पनि कुनैपनि निर्णय बिनानै निमित्त प्रधानाध्यापको जिम्वेवारी काग्रेंस निकट भएकै कारण गोपाल दत्त भट्टले पाउनु भएको थियो । उहाँले राजीनामा दिएपछि फेरि राजनैतिक पुर्वआग्रहकै कारण वासुदेव जोशीलाई निमित्त प्रअको जिम्मेवारी दिईएको हो । नगरपालिकाले प्रअ छनोटको प्रक्रिया अगाडी बढाउनको लागि असार महिनानै पत्र पठाएको भएपनि राजनीतिक विवादका कारण प्रअ नियुत्तीमा विवाद आएकोे हो ।
यसरी विद्यालयलाईनै राजनीतीको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेका छन् । निवर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा विव्यस समिती गठन गर्नकै लागि पनि लामो समय विवाद भएको थियो । यस विषयमा वरष्टि शिक्षक पुजाराले भने राजनितीकै कारण आफुले पाउनु पर्ने अधिकार समेत गुमाउनु परेको बताउनु यभो । उहाँले भने पछिल्लो समय काग्रेका स्थानिय नेताहरुले राजनितीक आस्थाकै कारण आफुलाई फरक व्यवहार देखाएर विद्यालयको प्रधानाध्यापक हुन छनोटमा पनि आनाकानी गरिरहेको बताउनु भयो।
उक्त विद्यालयको २०६६ साल देखी विद्यालयको सामाजिक लेखा परक्षिण पनि भएको छैन । साथै निवर्तमान प्रधानाध्यापक ललित बहादुर सिंह अवकास प्रात भएको १८ महिना बितिसक्दा पनि वरबुझारथ नबुझाएको पाइएको छ । शिक्षा ऐनमा कुनै पनि विद्यालय बाट अवकास प्राप्त प्रधानाध्यापकले अवकास परेको १५ दिन भित्र आफ्नो जिम्मामा रहेको नगत जेंन्सी समान विद्याललयलाई बुझाउ पर्ने हुन्छ तर सिँहले अहिले सम्म नबुझाएको निप्रअ वासुदेव जोशीले बताए ।
विद्यालयमा शिक्षक शिक्षिकाको मनपरी : विदा विनानै विद्यालयमा अनुपस्थित
उक्त विध्यालयमा शिक्षक शिक्षिकाहरुले पनि मनपरी गररिहेको स्रोतले बताएको छ । उक्त विद्यालयमा कार्यरत प्रावि शिक्षिका निर्जला सिँह यहि भाद्र ३ गतेदिखी हाल सम्म विद्यालयमा हाजिर हुनु भएको छैन । साउन ५ गते विद्यालयमा बर्षे विदा भएपछि काठमाडौं जानुभएको उहाँ भाद्र ३ गते देखि विद्यालय संचालन भएपनी विध्यालय प्रशासनलाई कुनै जानकारी नदिई, विदानै नलिइ जानुभएको हो । हालसम्म उहाँ विद्यालयमा उपस्थित हुनुभएको छैन । विद्यालयमा प्रअ नियुक्ति गर्न नसक्दा माविमा १० महिना देखी रित्त रहेको नेपाली विषयको शिक्षक भर्ना पनि गर्न सकिएको छैन । साथै विद्यार्थीको पढाई लगायत आर्थिक तथा प्रशासनिक काममा पनि समस्या भएको विद्यायलयले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच