जापानको रक्षा बजेट ५२ अर्ब ६७ करोड डलर, ९ सय अर्ब खर्चिने योजना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

टोकियो । जापानले चीनसँगको बिग्रँदै गएको सम्बन्ध र उत्तर कोरियाको दोहोरो धम्कीसँग जुध्न तयारी थालेको छ ।

जापानले २०२४ आर्थिक वर्षको लागि ५२.६७ बिलियन रक्षा बजेटको रेकर्ड प्रस्ताव गरेको छ। यो जापानको इतिहासमा सबैभन्दा ठूलो रक्षा बजेट हो।

पाँच वर्षमा सैन्य खर्च ४.३ ट्रिलियन येनमा पुर्‍याउने प्रधानमन्त्री फुमियो किशिदाको योजनामा ​​यो पछिल्लो कदम हो।

ADVERTISEMENT

जापानले क्षतिग्रस्त फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित रेडियोधर्मी पानी समुद्रमा फाल्न थालेपछि चीनले आलोचना गरिरहेको बेला ठुलो आकारको बजेटको योजना सार्बजनिक भएको हो ।

बजेट अनुरोध अनुसार रक्षा मन्त्रालयले नयाँ जहाजमा आधारित वायु रक्षा मिसाइलहरू सहित गोला बारुद र हतियारहरूका लागि ९०० अर्ब येन भन्दा बढी छुट्याउने योजना बनाएको छ।

जापानले हाइपरसोनिक हतियारको सामना गर्न अमेरिकासँग संयुक्त रूपमा इन्टरसेप्टर मिसाइलहरू विकास गर्ने पनि जनाई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज