ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालस्थित बेलायतका राजदूत रोब फेनले भेटवार्ता गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच पुरानो कूटनीतिक एवं मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताउनुभयो । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम अघि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

नेपालको विकास निर्माणमा बेलायतले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो । ग्रिन हाउस ग्याँस उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले ठूलो समस्या भोग्नुपरेको भन्दै त्यसबाट जोगिन अनुकूलनका उपाय खोजी गरिरहेको पनि उहाँले जानकारी गराउनुभएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको थियो । उहाँले दुई देशबीच लामो समयदेखि द्विपक्षीय मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै एकअर्काको समान चासोलाई सम्मान गर्दै अघि बढ्ने बताउनुभएको थियो । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो ।

त्यसैगरी मन्त्री बस्नेतसँग सोही दिन चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले पनि भेटवार्ता गर्नुभएको थियो । भेटमा ऊर्जामन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारका लागि आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज