खोटाङ । किरात राई खेलकुद संघ खोटाङको अध्यक्षमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राई सर्वसम्मत चयन हुनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति खोटाङको कार्यालयमा बिहीबार सम्पन्न संघको दोश्रो जिल्ला अधिवेशनबाट राई सहमतिमै चुनिनुभएको हो । राईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
संघको उपाध्यक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ईश्वरमान राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका धिरेन्द्र राई चयन हुनुभएको छ ।
सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका सुर्यचन्द्र राई, सह–सचिवमा रावाबेशी गाउँपालिकाका लोचन राई र कोषाध्यक्षमा रावाबेशी गाउँपालिका–१ कुभिण्डेका सोनु राई हुनुहुन्छ ।
सदस्यहरुमा युमासाम राई, सन्जिला राई, मेगिन राई, सुजन राई र बिकल कुलुङ हुनुहुन्छ । हालको ११ सदस्यीय समितिलाई मनोनित गरेर १७ सदस्यीय बनाईने किरात राई खेलकुद संघ खोटाङका निवर्तमान अध्यक्ष सुमन राईले बताउनु भयो ।
किरात राई यायोक्खाका केन्द्रीय सदस्य अन्जना राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाल आदीवासी जनजाति जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फुर्वा शेर्पा, किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जय कुमार राई, किरात सेवा समाज दिक्तेलका अध्यक्ष दिनेश राई, किरात कमर्चारी मञ्च खोटाङका अध्यक्ष इरन राई, हलेसी तुवाचुङ नगरपालिकाका कराते प्रशिक्षक मिलन कसजु लगायत खेलकुदकर्मीहरुको बाक्लो उपस्थिति थियो ।
नयाँ कार्य समितिका पदाधिकारीहरुलाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष राईले शपथ ग्रहण गराउनु भएको थियो ।






