हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त हुनुभएको छ । संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५औँ बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंकतर्फबाट प्रतिनिधित्व गर्नुहुने नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

ADVERTISEMENT

हिमालयन बैंकबाट बैंकिङ सेवा सुरु गरी करिब ३० वर्षदेखि सोही क्षेत्रमा कार्यानुभव संगाल्नुभएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनुभएको छ । संस्थाले हालसम्म ७५ शाखामार्फत् ७५ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरू प्रदान गर्दै करिब एक अर्ब बचत संकलन र चार अर्ब ४३ करोड लगानी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज