फोन पेको नयाँ अफर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मोबाइल नम्बर भए पुग्छ भन्ने नाराका साथ भुक्तानी सञ्चालक कम्पनी फोन पेले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान घोषणा गरेको छ, जसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न मोबाइल नम्बर र बैंकको नाममात्रै भए पुग्ने विषयमा ग्राहकलाई सचेत गराउनु रहेको छ । कम्पनीका अनुसार अभियानको मुख्य उद्देश्य ग्राहकलाई कसरी फोन पे डिरेक्टमार्फत् एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्नेबारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्युआरलगायतका प्रविधि रहेका छन् ।

ADVERTISEMENT

भदौ महिनाभर सञ्चालन हुने अभियानमा सहभागिता जनाउन ग्राहकले फोन पेको फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने छ । अभियानमा दुई भाग्यशाली विजेताले आइफोन १४ प्रो प्राप्त गर्न सक्नेछन् भने अन्य भाग्यशाली विजेताले साप्ताहिक रूपमा अन्य उपहार प्राप्त गर्न सक्नेछन् । फोन पेका चिफ स्ट्राटेजी अफिसर सुवोध शर्माका अनुसार ‘सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ । पैसा पठाऔँ ठाउँको ठाउँ अभियान प्रतिबद्धताको एक उदाहरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज