यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९३ रुपैयाँ र बिक्री दर ८५.३१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार गर्न सकिनेछ ।

ADVERTISEMENT

जापानिज येन १० को खरिदमा ८.९९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ३ पैसा भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसा कायम भएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ र बिक्री दर ३५.३६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँमा खरिदबिक्री गर्ने अनुमति दिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.१३ पैसा विक्रीदर ४३०.८ पैसामा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज