इस्लामावाद उच्च अदालतले उल्टाइदियो इमरान खानको जेल सजाय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई प्रमुख इमरान खानको मुद्दा उच्च अदालतले उल्टाइदिएको छ ।  तल्लो अदालतले सुनाएको तीन वर्षको जेल सजाय इस्लामाबाद उच्च अदालतले निलम्बन गरिदिएको हो ।

मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो।

तल्लो अदालतले सुनाएको तीन वर्षको जेल सजायकाे आदेशविरूद्ध इमरानले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

पाकिस्तानको निर्वाचन आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै ट्रायल कोर्टले इमरानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशसँगै इमरान जेल गएका थिए भने पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका थिए।

ADVERTISEMENT

हालै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो पदबाट राजीनामा दिएका छन् र उनको स्थानमा अनवर उल हक केयरटेकर प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री सरिफले अगस्ट ९ मा राष्ट्रिय सभा विघटन गर्न सिफारिस गरेका छन् । संविधानबमोजिम ९० दिनमा अर्को आमनिर्वाचन हुन्छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?