कंगोमा एक गाउँमा लडाकु समूहले आक्रामण गर्दा १४ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

कंगो । अफ्रिकी देश कंगोको एउटा गाउँमा फेरि हमला भएको छ ।

मिलिशिया समूहका लडाकुहरूले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । कंगोली सेनाले सो आक्रमणको पुष्टि गरेको छ।

ADVERTISEMENT

समाचार अनुसार कर्णेल मापेला म्विनियामाले भने कि कोडको मिलिशियाका केही सशस्त्र लडाकुहरू गोबु गाउँमा प्रवेश गरेका थिए। यस क्रममा लगातार गोलीबारी भएको थियो ।

कङ्गोली सेनाले जवाफी कारबाही गरेको थियो। यस क्रममा ९ सर्वसाधारण, चार आक्रमणकारी र एक सैनिक मारिए। सोही क्रममा दुई सैनिक र दुई सर्वसाधारण घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज