काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको हो ।
एनएलजीको हालको पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय रुपैयाँ ५० पैसाको प्रतिसेयर अंकित एक सयका दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार दुई सय २० रुपैयाँ २२ पैसा कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता