आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौति

'अस्तीसम्म ललिता निवास, ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ ।'

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौति दिनुभएको छ ।

अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफैँ जेल जाने जिकिर समेत गर्नुभयो ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्री गरी कमिसन खानेहरुले आफूलाई बदनाम गराउने कोशिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिनुभयो । ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानून निर्माण गरेको तर त्यहाँ कुनैपनि अनियमितता नगरेको पटकपटक दोहो¥याउनु भयो ।

एमालेले कुनैपनि प्रकारको गलत काम नगरेपनि बिरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको उहाँको गुनासो समेत गर्नुभयो । ओलीले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरु अहिले आफैँ भागाभागमा परेको जिकिर समेत गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हामी कुनैपनि प्रकारको गलत क्रियाकलाप गर्दैनौं । राज्यको ढुकटीमा भएको एक पैसा आफूमा ल्याउने काम गर्दैनौं । बिरोधीहरुले पहिले पनि यति होल्डिङ्स भने, हामीले भनि राखेका छौं– गरन त छानविन । त्यस बेलादेखि अहिलेसम्म भनिराखेका छौं । के यति होल्डिङ्स, सेती होल्डिङ्स भनेर कराईराखेको । बाइडबडी छानबिन गर, अनि जाऊ आफैँ जेल । वाईडबडीको छानबिन गर, जेल जाऊ । अस्तीसम्म ललिता निवास, ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट, कोही उताको ढोकाबाट । हामीलाई भन्दै थिए त ललिता निवास, ललिता निवास । गर न छानबिन । अहिले चिया बगान निस्केको छ, गर न छानबिन ? बिना कानून २०५३ सालमा १९ विगाहा जमिन बेच्न दिएको थियो कमिसन खाएर । त्यसको छानबिन गर । २०५८ सालमा ५१ विगाहा जमिन बिना कानून बेच्न दिएको थियो कमिसन खाएर । छानबिन गर, जेल जाऊ । हामी भन्छौं–हामीले कानुन बनाइदिएका हौं । अब उप्रान्त यसरी गैरकानूनी ढंगले कमिसन खाएर होइन, त्यसकाकारण कानून बनाइ दिएर कानूनसम्मत ढंगले गर्नु भनेर कानून नियम बनाइदिएका छौं हामीले । कमिसन खाएको छैन । कानून बनाउँदा कसैले कमिसन खान्छ ? कारोबार गर्दा कसैले कमिसन खाला नि ? हामीले उहिबेलादेखि भनिराखेको छौं । के नेकपा एमाले कमिसनको पछाडि कुद्ने पार्टी होइन । महान उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । महान उद्देश्य बोकेर हिँड्ने पार्टी हो । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–केही नपाएर अनेक खालको ओम्नी अ रे । ओम्नी भनेको मैले पत्रिका पढेर थाहा पाएको । मैले ओम्नी भनेको के हो ? अहिलेसम्म देखेको पनि छैन । सुनेको पनि छैन । गरौ न त छानबिन ओम्नी के हो ? गर छानबिन । भ्रष्टहरुको यत्र हुँईया । भ्रष्टहरुले हामीलाई थर्काउने उल्टै ? कतिसम्म भ्रष्ट भने सुन तस्करी गरेको गरेकै रहेछन् । त्यो सुन तस्करीतिर ध्यान नजाओस भनेर केपी ओलीले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर एउटा संसदमा करायो । संसदको रोष्टमबाट एउटा जनप्रतिनिधि भन्ने मान्छे , विचार गर्नुस्त त उद्देश्यमूलक ढंगले त्यो भनेको होइन ? र, केही व्यक्ति कराएको कराएकै छ । यो योजनावद्ध हुँइया हो । यो स्याल हुँइया हो । त्यसकारण म कमरेडहरुलाई के भन्न चाहन्छु भने तपाईहरुको नेतृत्वसँग आत्म संयम छ । कसरी कमाउने होइन, कसरी देश बनाउने भन्ने भिजन छ । त्यसकारण आत्मसंयम गुमाएर देश बनाउने उद्देश्य छोडेर अरुजस्तै गरेर अलिकति कतैबाट तान्न सकिन्छ कि भनेर एमालेको नेतृत्व हिँड्दैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’

बाइडबडीबारे छानबिन गरेपनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाई थियो । उहाँले एमालेले देश बनाउने भिजन लिएकोभन्दै सोही उद्देश्य पूरा हुने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *