एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ : अध्यक्ष नेपाल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताउनुभएको छ ।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले एमसीसीको व्याख्यात्म टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले सीमानासँग जोडिएका विषयवस्तुहरु चुनौतिको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु आइसकेका छन् । केही जल्दाबल्दा विषयहरु छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरु पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरु छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।’

अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *