मुन्धुमले जीवजन्तुको बलीको निषेध गरेको छ : राजेन्द्र लिङ्देन

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन रहेको भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले किराँतधर्म साम्जिक मुन्धुममा जीवजन्तुको बलीको निषेध गरिएको भन्दै भइरहेको प्रचारप्रति दुःख व्यक्त गर्नुभएकाे हाे ।

ADVERTISEMENT

विशेष गरि केही गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु,’ उहाँले लेख्नुभएकाे छ, ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन् । तर, किरातधर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फटेङ्ग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनै पनि जीवजन्तुको हत्या (बली) निषेध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?