लगानी कोष कर्मचारी संघमा नयाँ नेतृत्व

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्यप्रसाद दाहाल, उपमहासचिवमा अनिल बस्नेत र कोषाध्यक्षमा विमलेश यादव रहेका छन् ।

ADVERTISEMENT

सदस्यमा प्रदिप अधिकारी, सल्यान केसी, निशा खतिवडा, रविन विक, प्रकाश गौतम रहेका छन् भने महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेको कोषले जनाएको छ ।

अधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डे, नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?