भोजपुर । निरन्तरको बर्षातका कारण भोजपुरमा पहिरो जान सुरु भएको छ । पहिरोका कारण टक्सारका दुई घर जोखिममा परेका छन् ।
निरन्तरको बर्षातका कारण गएको पहिरोले भोजपुर नगरपालिका वडा नम्वर १२ का दुई घरमा जोखिम भएको छ । अन्य केही घर समेत जोखिमको खतरामा रहेका छन् ।
शनिवार राती गएको पहिरोले रमेश दर्नाल र मोतीलाल कपालीको घरमा क्षति पुगेको स्थानीय बिमल रणपहेलीले जानकारी दिनुभयो ।
केही दिन यताको अविरल वर्षाको कारण आफनो घरहरुको माथि र तलबाट पहिरो गएको दिपेन दर्नालले बताउनुभयो । उहाँले भन्नुभयो, “शनिवार रातीको पहिरोले घरमा नै क्षति पुर्याएको छ, आवश्यक सहयोगका लागि प्रक्रिया अगाडी बढाएका छौ ।” अन्य घरहरु पनि पहिरोको जोखिममा छन् ।
थप पहिरोको जोखिम रोक्न र आवश्यक सहयोगका लागि सम्वन्धित निकायको ध्यानाकर्षण समेत ती दुई घर परिवारले गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच