नाम मुछिएका माओवादीका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं : प्रधानमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभएकाे छ ।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आइतबार बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएकाे हाे ।

ADVERTISEMENT

सुुन तस्करी प्रकरणमा माओवादीकै कृष्णबहादुर महरा र उहाँका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताउनुभएकाे हाे ।

यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई निर्देशन दिएको जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?