सुडानको राजधानी खार्तुममा बिष्फोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

खार्तुम । सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट भएको छ ।

विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा बिष्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बिष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको जेट इन्धन भण्डारमा भएको थियो ।

ADVERTISEMENT

त्यस्तै अर्का प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन नजिकै बिष्फोट भएको हो । र यकिन ठाउँ भने उल्लेख गरिएको छैन । सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफ बीच सशस्त्र झडप जारी छ ।

जसमा ३ हजार बढीको मृत्यु भइसकेको भने भने ६ हजार बढी घाइते छन् । त्यस्तै ४ मिलियन भन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने ३.२ मिलिय मानिस आन्तरिक रुपमा बिस्थपित भएका छन् । घटनाको कारण र क्षतिबारे तथ्यांक आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?