काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बिमालेख जारी गर्न तथा दाबी फछ्र्याेट गर्न एसपिआइएल–डिजी प्रणाली सञ्चालनमा ल्याएको छ । सरल र सहज बिमा सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाली बिमा क्षेत्रमा पहिलोपटक सञ्चालनमा आएको उक्त प्रणाली प्रयोगले बीमितले सहज रूपमा अनलाइनबाटै बिमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बिमा दाबी फछ्र्योट गरी भुक्तानीसमेत प्राप्त गर्न सक्नेछन् ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्त रूपमा एक समारोहका बीच सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा अध्यक्ष सिलवालले कम्पनीको प्रशंसा गर्दै प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रूपमा बिमा सेवालाई प्रविधियुक्त बनाउने कम्पनीको लक्ष्यअनुरूप पहिलो प्रयास भएको भन्दै अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements